उपत्यकामा २७२० सहित देशभरमा ४४ सय ९९ जनामा संक्रमण पुष्टि, आजमात्र संक्रमणबाट १७ जनाको ज्यान गयो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  168 पटक हेरिएको

काठमाडौँ, कार्तिक ६ ।  

पछिल्लो समय नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार आज देशभरमा ४४ सय ९९ जनामा संक्रमण पुष्टि भएका छन् । २४ घण्टामा जम्मा १६ हजार ८ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ । देशभर थपिएका संक्रमित मध्य झण्डै ६० प्रतिशत उपत्यकाकै रहेका छन् र पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार