आज ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  297 पटक हेरिएको

काठमाण्डौं, कार्तिक ३ ।  

नेपालमा आज ३७ सय ९० जना संक्रमित थपिएका छन् । १५ हजार ७४३ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । संस्थागत आईसोलेसनमा १३हजार ८५१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।

आज २३ सय ३५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५ सय १ जना रहेको छ । क्वारेन्टीनमा ४ हजार बढी रहेका छन् । यस्तै २४ घण्टामा देशभर गरी १८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार