अष्ट्रेलिया सत्तारुढ दल लिबरलको ७५ औ वार्षिक उत्सबमा राप्रपाका प्रचार विभाग प्रमुख श्रेष्ठ सहभागी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  594 पटक हेरिएको

अष्ट्रेलिया, अक्टोबर १९ । अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाका सत्तारुढ पार्टी लिबरल पार्टीको संघीय परिषदको सम्मेलन जारी छ । उक्त सम्मेलन कै अबसरमा लिबरल पार्टीले पार्टी स्थापनाको ७५ औ वार्षिकोत्सव पनि भब्यताका साथ मनाईरहेको छ । उक्त कार्यक्रममा सत्तारुढ पार्टीका नेता तथा अष्ट्रेलियाका प्रधानमन्त्रि स्कट मरिसन पनि सहभागि भई पार्टीको संघीय परिषदको सम्मेलनलाई सम्बोधन गरेका थिए ।

उक्त सत्तारुढ पार्टीले आयोजना गरेको संघीय परिषद सम्मेलन तथा लिबरल पार्टीको ७५ औ वार्षिकोत्सवमा भाग लिन नेपालबाट राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख समेत रहेका मोहन श्रेष्ठ उक्त पार्टीको निमन्त्रणामा अष्ट्रेलिया स्थित क्यानबेरामा आयोजित सम्मेलनमा सहभागी भएका छन ।

अष्ट्रेलियाका प्रधानमन्त्रिसंग श्रेष्ठ

श्रेष्ठले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनसंग सेल्फ़ी खिचाउदई सम्मेलनको बारेमा सामाजिक संजालमा जानकारी गराएका थिए । जारी लिबरल पार्टीको संघीय परिषदको प्रधानमन्त्रि लगायत शीर्ष नेताहरूले समेत सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यहि सम्मेलन कै अवसरमा लिबरल पार्टीले आफ्नो स्थापनाको ७५ औं वार्षिकोत्सब अबसरमा बिभिन्न नेताहरूले भावी रणनीति तथा कार्यनीति सहितको प्रिजेनटेसन समेत देखाएको थियो ।

श्रेष्ठ भने अस्ट्रेलियाको टेक्नोलोजी र व्यवस्थित सिस्टमले क्षेत्रबाट प्रतिनिधिहरूको उम्मेद्वार छनोट, भोटिंग प्रक्रिया र त्यस लगत्तै बिना विवाद नतिजा सार्बजनिक गरेको देखेर चकित परेको सामाजिक संजालमा लेख्नुहुंछ । श्रेष्ठले उक्त सम्मेलनमा भाग लिने क्रममा अष्ट्रेलिया स्थित क्यानबेरामा रहेको नेपाली दूतावासको समेत अनुगमन भ्रमण गरेका थिए । अष्ट्रेलिया स्थित बिभिन्न पेशामा आबद्ध नेपाली समुदायसंग समेत भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार