आज २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  382 पटक हेरिएको


काठमाण्डौं, कार्तिक २ ।

नेपालमा आज २९ सय ४२ जना संक्रमित थपिएका छन् । १४८७५ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ९३१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।

आज २३ सय २६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ जना रहेको छ । कुल संक्रमितको ६९।८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ८३१ जना रहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार