पछिल्लो २४ घण्टामा ४ हजार ३६४ संक्रमित पुष्टि, कुल संक्रमितको संख्या एक लाखको नजिक

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  169 पटक हेरिएको

काठमाण्डौं, असोज २२ ।  

नेपालमा आज अत्यन्त बढि ४ हजार ३६४ संक्रमित थपिएका छन् । देशभर १८ हजार ४७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ संक्रमितको संख्या ९८६१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही दरमा संक्रमित थपिए अबको २४ घण्टामा नेपालमा संक्रमितको संख्या एक लाख पुग्ने देखिएको छ ।

नेपालमा २६६८४ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आईसोलेसनमा ११७१७ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । आज २६७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार