काठमाण्डौं, असोज १९ ।
नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनामा गरिएको परीक्षणमा २४४० जना संक्रमित फेला परेका छन् । उपत्यकामा मात्रै १५३१ जना आज थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य सक्रिय संक्रमित २३ हजार ५०७ जना रहेका छन् ।
आज कोरोना मुक्त हुने ११३३ जना रहेका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ रहेका छन् । सोमबार ११ सय ३३ जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज ११ सय ३३ जना कोरोना मुक्त भएसंगै देशभरबाट ६५ हजार २ सय २ जना कोरोना मुक्त घइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।