प्रधानमन्त्रीका प्रेस, परराष्ट्र, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव र ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  639 पटक हेरिएको

काठमाण्डौं, असोज १८ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकिय सचिव ईन्द्र भण्डारी सहित ४ जनालाई कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका विष्णु रिमालले सामाजिक सञ्जालमा उक्त कुराको जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन अपील गरेका छन् । तर सगैँ परिक्षण गरिएका प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उपत्यकामा संक्रमण तीव्र बन्दै गएका बेला पछिल्लो समय सरकारी उच्च ओहोदाका व्यक्तिहरु पनि संक्रमित हुन थालेका छन् । यहाँ भन्दा केहि दिन अघि मात्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल बायुसेवा निगमका पाईलट बिजय लामामा पनि कोरोना पुष्टि भएको थियो उहाँ भने १७ दिन स्टार हस्पिटलमा भर्ना भई हाल भने डिस्चार्ज भई घरमा आराम गरि बसेका छन ।

यस्तै प्रधानमन्त्रिको सुरक्षामा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।

यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डीन डा. दिब्यासिंह शाह र प्रधानमन्त्रीको सचिवालयमा रहेका फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि शुक्रबार अरुको स्वाब गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार