उपत्यकामा ७ सय ५५ जना सहित १४ सय ९७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  127 पटक हेरिएको

काठमाडौँ , असोज ८ ।

गएको २४ घण्टामा देशभर १४ सय ९७ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार ११ हजार ४ सय ४९ नमुनाको परिक्षण गरिएकोमा १४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै आज सम्म ६९ हजार ३ सय १ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५७ जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज ४ सय ५७ जना कोरोना मुक्त भएसंगै कुल निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ जना रहेका छन् ।

उपत्यकामा ७ सय ५५ नयाँ संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ५५ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार काठमाडौँ उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९ जना , भक्तपुमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी हाल संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ जना र होम आइसोलेशनमा ९ हजार ८ सय २३ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार