अविरल वर्षा पछि गएको पहिरोमा परि पाल्पामा दुई घर पुरिए, पाँच वेपत्ता उद्दारकार्य जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  323 पटक हेरिएको

पाल्पा, असोज ८ । 

फाईल तस्बिर
फाईल तस्बिर

अविलर वर्षासँगै आएको पहिरोपमा परी पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको हो । राति उनीहरु सुतिरहेका बेला पहिरो आएको स्थानीयले जनाएको हो। बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन् । अझै पनि पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार