एनआरएनए जापान क्यूशु कार्यसमितिले दशै पर्ब मनाउने

बडा दशै २०७६

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2458 पटक हेरिएको

फुकुओका , जापान सेप्टेम्बर २० । बिश्वभरि छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ जापान, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओकाले आउदई गरेको बडा दशै २०७६(२०१९) को अबसर पारेर यही अक्टोबर ८ तारिकको दिन दशै कार्यक्रम मनाउन लागेको हो ।

बिभिन्न कारणले आफ्नो जन्मभूमि छाडी बिदेशको भूमिमा रही कर्म गरीरहेका नेपालीहरूलाई मध्य नजर गरी सबैलाई समेटेर दशैको बिशेष दिन टिका र जमरा लगाएर संयुक्त रूपमा मनाउने दशै कार्यक्रम संयोजकको जिम्मेवारी पाएका संस्थाका उपाध्यक्ष समेत रहेका सचिन नेम्बांगले भिजन अनलाईन न्युज संवाददातालाई बताउनु भयो ।

जापानको फुकुओका स्थित सक्रिय रूपमा बिभिन्न सामाजिक काम गर्दै आएका एनआरएनए क्यूशु क्षेत्रीय कार्यसमितिले संस्थाको कामकारबाहीलाई जनमुखी बनाउनको लागी बिभिन्न विभाग तथा क्षेत्रीय संयोजकहरू पनी तोकेको जानकारी गराउनु भयो । क्यूशु क्षेत्रभित्र रहेका बिभिन्न केन र क्षेत्रसंग समन्वय गर्नको लागी क्षेत्रीय संयोजक तोकेको जानकारी गराऊनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार