नेपाल भ्रमण सकाएर स्वदेश फर्किए सी, राष्ट्रपतिद्वारा बिधाई

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1557 पटक हेरिएको

काठमाडौं, असोज, २६ । दुई दिने राजकिय नेपाल भ्रंमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वेदश फर्किएका छन् । उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बिदाई गरेका हुन् ।

बिदाईका क्रममा नेपाली सेनाले उनलाई सलामी दिएको थियो ।
दुई दिने नेपाल भ्रमणमा शनिबार आएका सीले बिशिष्ट व्यक्तिहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए । भ्रमणका अवसरमा दुई देशबीच १८ वटा समझदारी भएका छन् । भ्रमण निकै सफल भएको कुटनीतिज्ञहरुले बताएका छन् ।

२३ वर्षपछि चीनबाट नेपालमा राष्ट्रपतिको भ्रमण भएको हो । यो भ्रमणले नेपालको आर्थिक , राजनीतिक तथा भौतिक पुर्बाधार विकासमा नया आयाम थपिने सरकार र जनताको समेत अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार