पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी, उद्दारकार्य जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  220 पटक हेरिएको

धादिङ्ग, असोज ४ । 

पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका प्रहरीले जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार