एनआरएनए जापानको पहलमा IHNOद्धारा ५० जना नेपाली बिद्यार्थीलाई छात्रबृद्धिको लागि आवेदन दिन आह्वान(फाराम सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1396 पटक हेरिएको

जापान, भदौ ३० ।  

जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि एनआरएनए जापानको पहलमा बिगत ३ बर्ष देखि आईएचएनओ छात्रबृद्धिको ब्यबस्था गर्दै आईरहेको छ । यस बर्ष पनि नेपाली बिद्यार्थी मध्ये ५० जना बिद्यार्थीलाई आईएचएनओद्धारा छात्रबृद्धि दिने भएको हो । हिजो मंगलबार बेलुकि आयोजना गरिएको एक पत्रकार सम्मेलनमा आईएचएनओका प्रतिनिधि तथा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले पत्रकारहरुलाई जानकारी दिएको हो । जापान सरकारद्धारा जारी गरिएको बिद्यार्थी भिषाको अधिनमा रहि २८ घण्टा काम गर्ने बिद्यार्थीहरुलाई मात्र छात्रबृद्धि दिने आईएचएनओका प्रतिनिधि बास्कोटाले जानकारी दिनु भयो । उक्त छात्रबृद्धि लिनको लागि जापान स्थित आफु अध्ययनरत बिद्यालय, कलेज तथा बिश्वबिद्यालयको समेत सिफारिस लिनु पर्ने जनाएको छ ।

IHNO छात्रबृति आबेदन सम्बन्धि (NRNA जापान प्रयोजन को लागि)

छात्रवृत्ति को रकम  : अधिकतम प्रतिमहिना ३ मान एन ※प्रत्यक महिना को आरुबाइतो को समय अनुसार फरक हुने।

प्रदान गरिने अवधि : २ वर्ष ※ हाल पढेको स्कुल बाट बिधाबारिधि भएमा स्वतह छात्रवृत्ति को अबधि पनि सकिने।

आबेदन अबधि     :  २०२१ साल ९ महिना २० तारिक बाट २०२१साल १०  महिना १९  तारिक सम्म।  

छात्रवृत्ति को कोटा   :  ५० जना ※आवेदक को संख्या तथा चयन अनुसार संख्या घटन पनि सक्ने।

 आबेदन को लागि निम्नतम योग्यता

 १. जापान को स्कुल तथा कलेज मा नियमित बिधार्थी को रुपमा पढेको हुनु पर्ने।

२. नेपाली नागरिक हुनु पर्ने।

३. मिहेनत को साथ पठनपाठन  गरेको हुनु पर्ने।

४. जापानी इमिग्रेसन को नियम दफा १९ अनुसार हप्ता को २८ घण्टा को पार्ट टाइम नियम पालना गरेको हुनु पर्ने।

५. IHNO को छात्रवृत्ति को लागि आवस्यक कागजात समयमा बुझाउनु पर्ने।

६. NRNA जापान बाट सिफारिस गरिएको हुनु पर्ने।

 आवस्यक कागजातहरु

 १. आबेदन फारम (१ तथा २ )

२. सम्झौता पत्र

३. निबन्ध

जापानी भाषा बिधालय को ले ४०० अक्षर भन्दा बढी / सेनमोन भन्दा माथि को बिधार्थी ले ८०० अक्षर भन्दा बढी

४. २०२१ नेनदो को ट्याक्स सर्टिफिकेट (काजेइ स्योउमेइस्यो)

५. २०२१ साल ९ महिना १ तारिक पछि निकालेको स्कुल को Running सर्टिफिकेट

६. रेसिडेन्ट कार्ड को कपि

७. जापानी भाषा (JLPT) सम्बन्धि कागजात

८. बैंक खाता सम्बन्धि फारम (IHNO ले निर्धारण गरेको अनुरुप )

९. जापान पोस्ट बैंक (JP Bank ) को बैंक खाता को कपि

 डकुमेन्ट पठाउने ठेगाना

 〒:東京都千代田区永田町2-17-17アイオス永田町505 IHNO事務局

 आबेदन दिने तरिका :

१. IHNO छात्रवृत्ति फारम प्रिन्ट गरि भर्ने। स्कुल ले लेखिदिनु पर्ने ठाउँ पनि स्कुल लाइ अनुरोध गरि लेख्न तथा छाप लगाउने।

छात्रवृत्ति फारम डाउनलोड गर्न नसकेमा info@ihno.net मा इमेल गरि प्राप्त गर्ने।

२. आवस्यक कागजात तयार गरि IHNO मा पठाउने। (ओरिजिनल डकुमेन्ट पोस्ट गर्ने)

३. IHNO को छात्रवृत्ति सम्बन्धि सेमिनार मा सहभागी हुने।

४. छात्रवृत्ति को लागि छनोट गरिएको खण्डमा प्रमाणीकरण समारोह मा सहभागी हुने।

५. प्रत्यक महिना छात्रवृत्ति को लागि आफ्नो काम को विवरण IHNO लाइ इमेल मार्फत  पठाउने  र छात्रवृत्ति प्राप्त गर्ने।

流れについて

  • ネパールの留学生やその関係者が見るサイト・新聞・SNSなどで告知をすること

告知する際必要資料ダウンロードできるようにする。ダウンロードできない場合は

info@ihno.netにメールして書類送信をリクエストすることも記載する。

  • 応募者向けに奨学金の説明会を行う。

  • IHNOの審査に応じて合格者を発表する。

  • 合格者向けに認定式を行う。※大使同席必要あり。

  • 認定された学生には責任を持って指導をする。

NRNA को कार्यतालिका

१. नेपाली बिधार्थी तथा सम्बन्धित व्यक्ति ले हेर्ने होमपेज ,न्युज पोर्टल, सामाजिक संजाल तथा पत्रपत्रिका मार्फत आबेदन को लागि जानकारी गराउने। आबेदन फारम डाउनलोड गर्न मिल्ने व्यबस्था गर्ने।  गर्न नमिलेको खण्डमा info@ihno.net मा इमेल गरि प्राप्त गर्न अनुरोध गर्ने।

२.  IHNO र NRNA ले IHNO छात्रवृत्ति सम्बन्धि सेमिनार गर्ने।

३. IHNO र NRNA ले छनौट गरि नाम प्रकाशन गर्ने।

४. छनौट भएका बिधार्थीहरुलाई निमंत्रणा गरि छात्रवृत्ति प्रमिकरण सभा राजदुत को आथित्यता मा गराउने।

५. छनौट भएका बिधार्थी हरु लाइ नियम मा रहेर काम गर्न प्रोत्साहन गर्ने।

छात्रबृद्धि सम्बन्धि फाराम तलबाट डाउनलोड गर्नुहोला ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार