डा. सत्यमोहन जोशीको सम्मानमा सरकारले मुहार अंकित सिक्का प्रकाशन गर्यो

डा. सत्यमोहन जोशी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2062 पटक हेरिएको

काठमानडौ भाद्र २५। शताव्दी पुरुषको सम्मानमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीको मुहार अङ्कित चाँदीका सिक्का रू. २५००।-, रू. १०००।- र धातुको सिक्का रू. १००।- नेपाल राष्ट्र बैंकबाट आज प्रकाशनमा आएको छ ।

आजको दिन हाम्रो विशेष खुसीको दिन हो ।नेपालको इतिहासमा ज्यूँदो मानिसका नाउँमा सिक्का प्रकाशनमा आएको यो पहिलो पटक हो ।

नेपाल सरकारले २०७४ साल वैशाख २१ गते डा. सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको थियो।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदले वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको थियो । यस कार्यको सफलताका लागि तत्कालीन उपप्रधानमन्त्री कमल थापा र संस्कृति मन्त्री दिलनाथ गिरीको विशेष भूमिका जोडिएको थियो ।

१५ वर्षअघि नरेन्द्रराज प्रसाईद्वारा शताब्दी पुरूषको परिकल्पना गरिएको थियो । नइको संयोजनमा त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते पाँच लाख रूपियाँ राशिसहित डा. जोशीलाई “शताब्दी पुरूष” को महासम्मान समर्पण गरेको थियो ।

तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा शताब्दी पुरूष डा.जोशीलाई सप्तनाग जडित उहाँकै उचाईको ताम्रपत्र समर्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार