अमेरिकि आक्रमण पछि इरानी संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गर्यो, खामेनीबाट अनुमोदन हुन बाँकी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  223 पटक हेरिएको

ईरान, असार ९ ।

इरानी संसदले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई सर्वसम्बद रुपमा अनुमोदन गरेको छ। इरानी सांसद इस्माइल कोवसारीले आइतबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको बताएका हुन्।

तर संसदले अनुमोदन गर्दैमा यो कार्यान्वयनमा जाँदैन। यसको अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय परिषद र यसका नेता आयतोल्लाह अलि खामेनीले गर्नुपर्छ। के खामेनीले यस्तो निर्णय गर्लान्रु यो निर्णयले अमेरिकालाई के असर गर्छरु हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनको स्वार्थ कसरी जोडिएको छरु इरान आफैलाई यसले के असर गर्छ ?

बिश्व अहिले दुई ध्रुबमा बिभाजित भएका छन । कतिपय शक्तिराष्ट्र रुस र चिन अमेरिकाको आक्रमण बिश्व शान्तिको लागि खतरा जनईरकेका छन भने केहि नाटो राष्ट्र ब्रिटेन भने जायज बताईरहेका छन । अमेरिकि ऐटमिक बम्बर बि २ बम्बरको पूयोग गरी बङ्करबस्टर बम हमला पछि ईरान आक्रामक बनेका छन सोही बमोजिम अमेरिकालाई पनि नछाड्ने बताईसकेका छन । अमेरिका भने अब पनि ईरान शान्ति स्मझौताको लागि तयार नभए अझ बढि ठुलो आक्रमण हुने अमेरिकि राष्ट्रपति ट्रम्पले जनाईसकेको छ ।

हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो। तेल उत्पादन गर्ने थुप्रै खाडी मुलुकले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन्। साउदी अरेबिया, युएई, कुवेत, इराक र इरान आफैले पनि आफ्नो तेल विश्व बजारमास विशेष गरी चीन, भारत, जापान, दक्षिण कोरिया लगायतका एसियाली मुलुकमा निर्यात गर्न यही जलमार्ग प्रयोग गर्छन्।

यो जलमार्ग प्रयोग गरेर विश्वको २० प्रतिशत तेल अन्तर्राष्ट्रिय बजारमा बेचिन्छ। यदि इरानले हर्मुज जलमार्ग बन्द गर्‍यो भने तेलको भाउ प्रति ब्यारेल १०० अमेरिकी डलर पुग्ने अनुमान विश्व तेल बजारमा गरिएको छ। अहिले विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ७८ डलर पुगिसकेको छ।

अमेरिकाले इरानका तीन आणविक केन्द्रमा गरेको आक्रमणको बदलास्वरुप इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको हो। यो जलमार्ग बन्द भयो भने विश्व बजारमा तेलको भाउ बढ्छ र त्यसले अमेरिकी स्वार्थमा धक्का पुग्छ भन्ने इरानको आकलन हो। ईरान अर्को तर्फ मिडल ईष्टमा रहेको अमेरिकि बेसमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ भने हाल ईरानको सबै भन्दा ठुलो दुस्मन ईजरायल माथि निरन्तर हाईपरसोनिक र ब्यालेष्टिक हतियारको प्रायोग गरी आक्रमण गरीरहेको छ त्यसबाट ईजरायलमा अधिक क्षति पुगेको छ । ईजरायलले आक्रमण भन्दा अघि कहिले पनि सोचेको थिएन कि ईरानको आक्रमण यति बिध्वशंक हुन्छ भनेर हालसम्म ईरानको आक्रमणबाट ईजरायलमा हालसम्म ३० जनाको ज्यान गईसकेको छ भने ठुलो मात्रामा भौतिक संरचना ध्वस्त भईसकेको छ । ईजरायलमा अध्ययन र काम गर्न गएका कयौ देशका नागरिकहरु हाल आफ्नो देश फर्किने क्रम पनि जारी छ । यसै बिच हालमात्र भारतका नागरिकहरुलाई भारतले रेस्क्यु गरि निशुल्क भारत फिर्ता गराईरहेका छन हालसम्म एक हजार भारतीय नागरिकले ईजरायल छाडिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार