भक्तपुरमा एक महिला कोठामा मृत फेला, सुसाईट गरेको आशंका पुष्टि हुन बाँकी

प्रकाशित:  258 पटक हेरिएको

काठमाडौं, जेठ ११ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । घटना हेर्दा सुसाईड गरेको देखिन्छ तर के कारणले सुसाईड गरेको हो सो भने खुलेको छैन ।

उनको शरिरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विशेदमा छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार