नेपालीमूलकी रोजिना प्रधान राई बेलायतको ट्वीकेसबरी बरोमा भारी मतका साथ काउन्सिलर पदमा निर्वाचित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  233 पटक हेरिएको

बेलायत, बैशाख २० ।

बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोको इन्सवार्थ वडामा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएकी राईले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै विजयी बन्न सफल भएकी हुन्।

शुक्रबार सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार रोजिना प्रधान राईले कुल ६६६ मत प्राप्त गरिन्, भने उनका निकटतम प्रतिद्वन्द्वी रिफर्म यूके पार्टीका उम्मेदवारले ५९६ मत पाएका थिए । करिब ७० मतको अग्रता सहित उनले निर्वाचनमा जित हासिल गर्न सफल भएकी छ्न।

रोजिना प्रधान राई गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद ९आइसीसी० की उपाध्यक्ष समेत हुन्। समाजसेवा र नेपाली समुदायको हितमा सक्रिय रहँदै आएकी उनी विगतमा एनआरएनए यूकेकी उपाध्यक्षको रूपमा कार्यरत रहँदा उल्लेखनीय कार्यसम्पादनका कारण व्यापक प्रशंसा बटुल्न सफल भएकी थिइन्।

एनआरएनए यूके अध्यक्ष पदका लागि उम्मेदवारी दिँदा सफल हुन नसके पनि उनले संघमा आफ्नो सक्रियता भने जारी राखेकी छन्। हाल उनी व्यवसाय र समाजसेवा दुबै क्षेत्रमा समान रूपले सक्रिय बडाउदै आएकी छ्न ।

उनको यो विजयले बेलायतमा नेपाली समुदायको सहभागिता र पहिचान थप बलियो बनाउने बेलायतवासी नेपालीहरुको भनाइ रहेको छ । ट्वीकेसबरी बरो काउन्सिलमा नेपाली समुदायबाट प्रतिनिधित्व हुनु स्वयं गर्वको विषय भएको भन्दै एनआरएनए तथा विभिन्न सामाजिक संस्थाहरूले उनलाई बधाई दिइ रहेका छ्न।

रोजिनाले निर्वाचनपछि प्रतिक्रिया दिँदै आफूलाई विश्वास गरी साथ दिने सबै मतदाताहरूप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “म यो जितलाई बिशेश गरि नेपाली समुदायको जितको रूपमा लिन्छु। अब बेलायत र नेपाली समुदायको हितका लागि अझै दृढ भएर काम गर्ने बताएकी छिन ।

उम्मेदवारीको नाम र मत परिणाम

रोजिना प्रधान राई लिबरल डेमोक्र्याट्स पार्टीबाट उम्मेदवार भइ ६६६ मतसहित विजयी । ग्राहाम जोन बकिङ्ग रिफर्म यूके पार्टीबाट उम्मेदवार भइ ५९६ मत प्राप्त गरे। भेरोनिका डेविज लेबर पार्टीकी उम्मेदवार भइन् र उनले ९३ मत पाइन्। जोनाथन रिचार्ड ब्रिस्टो ग्रीन पार्टीबाट उम्मेदवार भइ ७५ मत प्राप्त गरे।

यसरी कुल ४ जना उम्मेदवारमध्ये रोजिना प्रधान राई सबैभन्दा बढी मत ल्याई काउन्सिलरमा निर्वाचित भएकी हुन्। उहाँकाृ यस जितप्रति भिजन अनलाईन न्युज परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार