१५ गतेको राजाबादीको आन्दोलनमा काठमाण्डौ एमालेको नियन्त्रण हुनु पर्ने प्रधानमन्त्रि ओलिको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  213 पटक हेरिएको

काठमाडौं, जेठ ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजे देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको तयारी थाल्न निर्देशन दिएका छन् । आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेको छ । उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न अध्यक्ष समेत रहेका प्रधानमन्त्रि ओलीले कार्यकर्तालाई निर्देशन गरेका हुन् ।

यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका हुन । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

साथै, उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् । ‘म साथिहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।

साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने पनि बताए । आन्दोलनमा कुनै पनि अप्रिय घटना हुन नदिन पनि सचेत रहन कार्यकर्तालाई भनेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार