काठमाण्डौं, भदौ २९ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ७० जना संक्रमित थपिएका छन् । १० हजार ८ सय ७८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । सक्रिय संकमित १५ हजार ३९३ रहेका छन् ।
त्यस मध्य संस्थागत आईसोलेसनमा ८ हजार एक सय १८ जना रहेका छन् । यस्तै होम आईसोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन् । आईसीयुमा एक सय ७९ जना रहेका छन् भने भेन्टिलेटरमा २९ जना रहेका छन् । क्वारेन्टाईनमा ६ हजार ८ सय ७० रहेका छन् ।
अहिले सम्मकै धेरै एकैदिन १५ जनाको कोरोना संक्रमणबाट निधन
नेपालमा अहिले सम्मकै धेरै एकैदिन १५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । आज ५ महिला र १० जना पुरुष गरी १५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर ७ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको हो । आज मृत्यु हुनेहरुमा काठमाडौँकी ६१ वर्षीया महिला , कपिलवस्तुकी ४७ वर्षे , पर्साकी ५५ वर्षे , नवलपरासीकी ६२ वर्षीया महिला र गोरखाकी ६३ वर्षीष महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यसैगरी मोरंगका ४० र ७० वर्षे दुइ पुरुषले पनि ज्यान गुमाएका छन् । त्यस्तै ललितपुरका ५५ वर्षे , भक्तपुरका ७३ वर्षे , रामेछापका २३ वर्षीय पुरुषले पनि आजै कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् । मन्त्रालयले जनाए अनुसार काठमाडौँका ७३ , ६२ , ७७ , ८५ , ७० वर्षीय पुरुषहरुले ज्यान गुमाएका छन् । नेपालमा कुल कोरोना संक्रमित मध्य ०।६५ प्रतिशत अर्थात तीन सय ६० ले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छन् ।