नेपालमा बुटवल, चितवन र मोरङमा गरी बिहानै ३ कोरोना संक्रमितको उपचारको क्रममा निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  438 पटक हेरिएको

चितवन, भदौ २९ ।  

आज बिहानै नेपालको बिभिन्न ठाउँमा गरी ३ जना कोरोना संक्रमितहरुको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । उपचारको क्रममा आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । हालसम्म चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका एक संक्रमितको मृत्यु भएको छ । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यस्तै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार ९आज० बिहान मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा. गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार