फुनेसोद्धारा आयोजित अनलाईन तीज नृत्यको नतिजा सार्बजनिक, प्रथम पुरस्कार पाल्पाका कृषा के.सीले जितिन्

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1668 पटक हेरिएको

जापान, भदौ २६ ।

फ़ुकुओका नेपाल सोसाईटीले आयोजना गरेको अनलाईन तीज नृत्यको नतिजा सार्वजनिक भएको छ । फ़ुकुओका नेपाल सोसाईटीका अध्यक्ष माधव सिग्देलको सभापतित्वमा सेप्टेम्बर ९ तारिख बिहीबार एक औपचारिक भर्चुअल कार्यक्रमबीच नतिजा सार्वजनिक गरिएको हो । प्रकाशित परीणाम अनुसार कृषा केसी प्रथम , द्वितीय माउन्टेन डान्स ग्रुप काठमाडौं, तृतीय ललिता छन्त्याल र सान्त्वना पुरस्कार जिज्ञासा गिरीले जितेको अध्यक्ष माधब सिग्देलले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

प्रथम केसीले ४४ हजार ४४४, द्वितीय हुने डान्स ग्रुपले ३३ हजार ३३३ , तृतीय छन्त्यालले २२ हजार २२२ र गिरीले १५ हजार नगद राशि र प्रमाणपत्र पुरस्कार पाएका छन् । सहयोगी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रहेको कार्यक्रममा हाल २२ जना प्रतियोगीको सहभागिता रहेको थियो । संस्थाको आधिकारिक पेजमार्फत अगस्ट २५ तारिख भिडियो सार्वजनिक गरिएको थियो । भिडियोलाई लाईक, कमेन्ट, भिउज र दर्शकको सेयर र निर्णायक मण्डलको निर्णयको आधारमा नतिजा प्रकाशन गरिएको जनाएको हो।

कार्यक्रममा प्रथम पुरस्कार प्रायोजन गर्ने कृष्ण आचार्य( ९भ्खभचभकत ल्भउबष् िच्भकतगचबलत तोसु०, द्वितीय पुरस्कार प्रायोजन गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा, तृतीय पुरस्कार श्रीगणेश बुटिक, सान्त्वना पुरस्कार रमेश रेस्टुरेन्टले प्रायोजन गरेका थिए । पुरस्कार सार्वजिनक कार्यक्रम प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायक, संगीतकार, सर्जक तथा निर्देशक नारायण रायमाझीले तिजको कोसेलीबाट गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक एवं फ़ुकुओका नेपाल सोसाईटी प्रमुख सल्लाहकार धर्मराज अधिकारी, अतिथिहरुमा फ़ुकुओका नेपाल सोसाईटी सल्लाहकार प्रदीप श्रेष्ठ, एनआरएनए जापान उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, आदिवासी जनजाती महासंघ क्युस्यु अध्यक्ष रोशन राई, एनआरएनए क्युस्यु संयोजक अर्जुन थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका अध्यक्ष सूर्य खड्का, राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल जापान शाखा महिला उपाध्यक्ष सोना केसी, लोकप्रिय गायक तथा सर्जक खुमन अधिकारी, लोकप्रिय गायिका सम्झना लामिछाने, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अध्यक्ष रमेश बिजी, लायन्स क्लब कठमाडौं फुकुओकाका संस्थापक अध्यक्ष दिनेश रिमाल, हाम्रो नेपाल हामी नेपाली अभियानकर्ता बिनोद सुनार रहेका थिए ।

यस्तै एनआरएनए जापान सदस्य प्रकाश लामिछाने, फुकुओका नेपाल सोसाईटी पूर्वअध्यक्ष दिपक देवकोटा, फुकुओका नेपाल सोसाईटी पूर्वअध्यक्ष पुरुषोत्तम सिग्देल, फुकुओका नेपाल सोसाईटी मानार्थ सदस्य ज्योति केसी तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु प्रतियोगीहरुको पनि सहभागीता रहेको थियो ।

कार्यक्रममा फ़ुकुओका नेपाल सोसाईटीकी वरिष्ठ उपाध्यक्ष ललिता तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संयोजक दिलेन्द्र जोशीले कार्यक्रम बारेमा जानकारी, सहभागीबारे जानकारी, स्पोन्सरलाई धन्यवाद दिएका थिए । शुभकामना मन्तव्य राख्दै रामकृष्ण श्रेष्ठ, अर्जुन थापा, प्रदिप श्रेष्ठ, ज्योति केसी, दिनेश रिमाल, विनोद सुनार, रोसन राईलगायतले राखेका थिए ।

सांगीतिक कोसेलीसहित शुभकामना सम्झना लामिछाने मगर, सूर्य खड्का र सोना केसीले राखेका थिए । निर्णय सुनाउनुभन्दा अगाडि प्रमुख अतिथि नारायण रायमाझीले गीतसंगीतको जर्गेना गर्न परदेशबाट गरिएको कार्यक्रमले खुसी बनाएको बताए ।

सहयोगी निर्णायक फ़ुकुओका नेपाल सोसाईटी पूर्वअध्यक्ष पुरुषोत्तम सिग्देलले निर्णय प्रक्रियाबारे जानकारी एवम् निर्णय घोषणा गरेका थिए । अन्त्यमा सभापतिले विजेतालाई बधाई तथा सहभागीलाई धन्यवाद स्पोन्सरलाई धन्यवाद तथा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै तिजको शुभकामना सन्देश दिँदै कार्यक्रम अन्त्य गरर्का थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार