
जापान, भदौँ १९ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०१९–२०२१ कार्यकालले नयाँ कार्यसमितिलाई बरबुझारत गरेको छ । निर्वाचन सम्पन्न भएको लामो समय पश्चात आज एक कार्यक्रमका बिच निवर्तमान अध्यक्ष र निवर्तमान महासचिबले आर्थिक बाहेकका प्रशासनिक तथा प्राबिधिक सामानहरु नवनिर्वाचित कार्यसमितिलाई हस्तान्तरण गरेको हो । गत जुलाई ३० तारिख सम्पन्न एनआरएनए जापानको निर्वाचन पश्चात विबाद नै विबादमा रहेको एनआरएन जापानमा आर्थिक बाहेकका सम्पूर्ण हस्तान्तरण भएको महासचिब सिद्धार्थ श्रेष्ठ जनाएको छ ।
गत निर्वाचनका धाँधली भएको भनि परेको निबेदनमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले विवादको वास्तविकता पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन एनआरएनए आईसीसीलाई हिजो मात्र निर्देशन दिएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष र महासचिबले बर बुझारत गरे पनि निवर्तमान कोषाध्यक्षले बर बुझारत नगरेको महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो ।
२०१९-२०२१ कार्यसमितिको आर्थिक प्रतिवेदन बार्षिक साधरणसभामा पनि पेस भएन भने अधिबेशनमा पनि बैठकमा पास नगरी महाधिवेशनमा पेस गर्न खोज्दा बिबाद भए पछि पास हुन सकेको थिएन श्रेष्ठले भने तत्कालिक प्रवक्ता वर्तमान महासचिव श्रेष्ठले आर्थिक स्पष्ट नभएको भन्दै प्रमाण सहित अध्यक्ष मण्डलमा छानबिन गर्न माँग गर्दै निबेदन दिए पनि कुनै सुनाई नभएको बताउनु भयो ।
अब भने बरबुझारत नभएको आर्थिक बिषयलाई आईसिसि मार्फत बर बुझारथ गराउन अपिल गर्दै आईसिसीलाई निबेदन गर्ने र बर बुझारत नगरेसम्म एनआरएनए जापानको केन्द्र देखी क्षेत्रको आयोजनामा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय समेत बैठकले गरेको महासचिव श्रेष्ठले जानकारी दिनु भएको छ । एनआरएनए जापानको आर्थिक अनियमितताको बिषय २०१५ देखि २०२१ सम्म निरन्तर चल्दै आईरहे पनि हालसम्म कुनै पनि कार्यसमितिले आर्थिक पारदर्शिता देखाउन सकेको छैन ।




952 पटक हेरिएको 
















