काठमाडौं, भदौ १८ ।
पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । उनीहरुमध्ये २५७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । यस्तै २४ हजार २ सय ०७ जना कोरोनमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थप ४४५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।