मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनिन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  190 पटक हेरिएको

काठमाडौँ, भदौ १२ ।

मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए । ग्रान्ड फिनालेको प्रस्तुति प्रशारणपछि यसबारे सूचना दिइएको थियो, ुकोभिड १९ को असरबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।

वाइल्ड कार्डको प्रस्तुतिका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

ग्रान्ड फिनालेमा सज्जाले एल्बरट्रसको निश्चलुबोलको गीत प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिपछि निर्णायक इन्दिरा जोशी र न्ह्युँ बज्रचार्यले आफ्नो स्थानमा उठेर उनको गायकिको प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार