आज राति परेको अबिरल बर्षाका कारण धादिङ्गको च्याडुखोलाले दोभानटारको मैदी जाने पक्की पुल बगायो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  840 पटक हेरिएको

धादिङ, भाद्र १२ ।  

धादिङको सिद्धलेक गाउँपालिका र ज्वालामुखि गाउँपालिका जोड्ने सिमानामा रहेको मैदी जाने दोभानटारको पक्की पुल आज राति परेको अबिरल बर्ष सहित आएको च्याँडु खोलाको भेलले बगाएको छ । शुक्रबार विहान आएको च्याँडुखोलको भलले दोभानटारमा रहेको पक्की पुल बगाएको त्यहाँका स्थानियले बताएको हो ।

राती ३ बजे देखि ठुलो पानी त्यस क्षेत्रमा परेसँगै आएको च्याँडुखोलाको भलले पुल बगाएको र खोला छेउमा रहेको दुईवटा घरलाई क्षेति पुर्याएको छ भने घरमा रहेका सामान समेत बगाएको स्थानीयले बताउनु भयो । भेलले ठुलाठुला रुखसहित बाढी आएको र उक्त रुख पुलमा अड्किन गई खोलो थुनिन गएकोले पुलको कमजोर भाग बगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार