नेपाल सरकारको निर्णयानुसार सेप्टेम्बर २, १६ र ३० तारिख काठमाण्डौँ–नारिता–काठमाडौ सर्तसहितको नियमित उडान हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  974 पटक हेरिएको

जापान, भदौ १२ ।  

बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा नेपाल सरकारले बिभिन्न देशमा अलपत्रमा परेका नेपालीहरको उद्धारको लागि बिभिन्न चरणको उद्धार उडानहरु गरिरहेको छ । सोही क्रममा जापानको नारिता–काठमाण्डौँ चार्टर उडान पनि भईरहेको छ । अबको सेप्टेम्बर महिनाको लागि पनि नारिता–काठमाण्डौँ चार्टर उडान तालिका सार्वजनिक गरिएको छ ।

नेपाल बायुसेवा निगमले यहि आउदो सेप्टेम्बर महिनाको २, १६ र ३० तारिका काठमाण्डौँ–नारिता–काठमाण्डौँ चार्टर फ्लाईट गर्ने गरि उडान तालिका सार्वजनिक गरेको हो । उक्त चार्टर फ्लाईट बिश्व स्वास्थ्य संगठन (WHO)को कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका मापदण्ड पालना गरि सर्तसहितको उडान हुने समेत राजदुताबास तोकियोले जनाएको छ ।

राजदुताबास टोक्योबाट सार्वजनिक गरिएको बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार