काठमाडौं, भदौ ११ ।
कोरोना भाईरसको महामारीको चपेटामा परेको नेपाललाई हाल बिभिन्न देशबाट कोभिड भ्याक्सिन सहयोग प्राप्त भईरहेको छ । यसै सन्दर्भमा बेलायत सरकारले पनि नेपाललाई एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेको जानकारी दिएकी हुन् ।
राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताउदै भिडियो सन्देश मार्फत कोभिड भ्याक्सिन पनि उपलब्ध गराएको जानकारी गराएकी थिईन। बेलायतको सहयोगले कोरोना महामारीको उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास उनको थियो । नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको उनले बताइन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गरेका छन् ।