२४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिए कुल संक्रमित संख्या २५ हजार ५ सय ५१ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  532 पटक हेरिएको


काठमाण्डौं, साउन ३० ।

नेपालमा दैनिक कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । आज मात्रै २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् ।
देशभरका ३९ वटा ल्याबमा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

कोरोना मुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ ।  आज २ सय ४० डिस्चार्ज भएका छन्। नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्।

कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ सय पुगेको छ ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार