
काठमाण्डौँ, साउन ३० ।

नेकपा माओबादी केन्द्रले पार्टीको केन्द्रिय कार्यसमितिको पुर्ण स्थायी कमिटिको बैठक बसेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब आउने निर्वाचनमा माओवादी प्रमुख पार्टी बन्ने संभावना रहेको बताएका छन् । आज केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले माओवादी फेरी प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी पनि गरे ।
अहिले राजनीतिक घटनाक्रममा मुख्य पहलकदमी पार्टीले लिएकाले त्यस्तो आधार तयार भएको र त्यसलाई जोगाउन अब संगठन सुदृढीकरण गर्नु पर्नेमा जोड दिए । आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन् । जसमा पार्टीको राष्ट्रिय सम्मेलन आउदो पुष ११ गतेदेखि १३ गते सम्म गर्न प्रस्ताव गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केपी ओली प्रतिकृयावादीको प्रतिक भएको भन्दै माओवादीले पहल लिएर गठबन्धन निर्माण गरेर उनलाई घोडाबाट खसाल्न सफल भएको र यो कुरा जनता र विश्वले बुझेको प्रचण्डको जिकिर छ । विभिन्न समुहगत रुपमा प्रतिवेदन र संसोधित विधान माथि भोली बिहान ११ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।




291 पटक हेरिएको 
















