नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1136 पटक हेरिएको

काठमाडौं, साउन २५ ।   

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको बताए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महिलाको २४ गते निधन भएको उनले बताए । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार