जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै नेपालगञ्ज उपमहानगरपालिका अर्को सूचना जारी नहुँदासम्म सिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  776 पटक हेरिएको

नेपालगञ्ज, साउन १९ ।  

भारतसँग नाका जोडिएका जिल्लाहरुमा कोरोना संक्रमण तिब्र फैलिरहेको छ । यस्तै भारतसँग नाका जोडिएका तराईका प्राय धेरै जसो जिल्लामा संक्रमण दर धेरै देखिएको छ । यसै सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार