उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, सार्वजनिक र निजि यातायात पनि बन्द

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  502 पटक हेरिएको

काठमाडौं, वैशाख १३ ।  

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार