जापान, फागुन २८ ।
नेपाली राजदूतावास जापन र गुल्मेली समाज जापानको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम एभरा स्क्वायर हलमा भब्यताका साथ सुसम्पन्न भएको छ । नेपालली दिदीबहिनी सम्मिलन समारोह एवं सम्मान कार्यक्रम जापानका लागि नेपाली राजदूत तथा समारोहका सभापति महामहिम डा. दुर्गा बहादुर सुवेदीज्यूको सभापतित्वसंगै उहाँका धर्मपत्नी श्रीमती पुनम सुवेदी तथा गुल्मेली समाज जापानका अध्यक्ष बरिष्ठ समाजसेबी तथा कार्यक्रमका प्रमुख अथिती श्री महेन्द्र कुमार अधिकारी ज्यू र कार्यक्रम संयोजक लक्षमी के सी महर्जन ज्यू बाट नेपाली दिदीबहिनी सम्मिलन समारोहको ब्यानर लोकार्पण गर्दै कार्यक्रम को समुद्घाघाटन तथा नेपाल र जापानको राष्ट्रिय धुन प्रस्तुत गर्दै कार्यक्रमको औपचारिकता आरम्भ भएको थीयो भने उक्त्कार्यक्रमको राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीज्यूले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थीयो ।
उक्त विशेष समारोहमा नेपाली दाजुभाइहरूसँग विवाह गरेर सफल दाम्पत्य जीवन निर्वाह गरिरहनुभएका र नेपाली र जापानी समाजबीच पारिवारिक, सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन योगदान गर्नुभएका १८ जना जापानी दिदीबहिनीहरूलाई सम्मान गरिएको थीयो जापानमा आरम्भका वर्षहरूमा कार्यरत रही नेपाली नारीहरू पनि पेशागत दक्षतामा सफल र सबल छन् भन्ने कुरा जापानी र नेपाली समाजमा देखाई महत्वपूर्ण योगदान गर्नुहुने ५ जना महिला कुक नेपाली दिदीबहिनीहरूलाई महामहिम राजदूतज्यू, महामहिमज्यूका धर्मपत्नी श्रीमती पुनम सुवेदीज्यू र गुल्मेली समाज जापानका अध्यक्ष बरिष्ठ समाज सेबी कार्यक्रमका प्रमुख अथिती श्री महेन्द्र कुमार अधिकारीज्यू बाट संयुक्तरुपमा दोसल्ला बुकी र प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको थीयो ।
जापानी बुहारीको तर्फबाट एचको हिरासावा श्रेष्ठले मञ्चमा बोल्दै यसरी सम्मानीत हुन पाउदा अत्यन्त खुसी लागेको नेपालीको मन अत्यन्त दयालु र सहयोगी रहेको बताउनु भएको थीयो नेपाली नारी रेनुका शाक्य जो जापानमा कुक भिजामै जापान आउने पहिलो महिला आफुरहेको भन्दै आज यहासम्म पुग्दा कुनै संघसस्था जानाकार नरहे संगै आज राजदूतावास र गुल्मेली समाजले गरेको यो सम्मान प्रति आफु कृतज्ञ रहेको बताईन् ।
नेपाली दिदीबहिनी सम्मिलन एवं सम्मान कार्यक्रमका संयोजक श्रीमती लक्ष्मी के.सी. महर्जन र सह-संयोजक श्रीमती कामना भण्डारी तथा कार्यक्रम सञ्चालक श्रीमती यसोदा बस्नेतलाई पनी महामहिम राजदूतज्यू, महामहिमज्यूका धर्मपत्नी श्रीमती पुनम सुवेदीज्यू र गुल्मेली समाज जापानका अध्यक्ष बरिष्ठ समाज सेवी कार्यक्रमका प्रमुख अथिती श्री महेन्द्र कुमार अधिकारीज्यूले दोसल्ला खादा र बुकीले सम्मान गर्नु भएको थीयो ।
समारोहमा उपस्थित सम्पूर्ण अतिथिज्यूहरूलाई धन्यवाद ज्ञापन गर्दै गुल्मेली समाज जापानका अध्यक्ष तथा वरिष्ठ समाजसेवी कार्यक्रमका प्रमुख अथिती श्री महेन्द्र कुमार अधिकारीज्यूले हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक खण्ड समाप्त गर्नु भएको थीयो ।
नेपाली सांस्कृतिक नृत्यहरू सहित कार्यक्रमको भब्य प्रस्तुती रहेको थीयो हलमा खाजा परिकार र पानीको सौजन्य गुल्मेली समाजले गरेको थीयो नेपाली दिदीबहिनीहरूको मनोरञ्जनका लागि एक नयाँ र लोकप्रिय नेपाली चलचित्र “माइकल अधिकारी” पनी प्रदर्शन गर्रीएको थीयो ।