देशभर गरिएको परिक्षणमा २ सय २४ संक्रमित पुष्टि, उपत्यकामा मात्र ३८ जना संक्रमित भेटियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  638 पटक हेरिएको

काठमाण्डौं, साउन १६ ।  

नेपालमा कोरोनाको जोखिम निरन्तर बढीरहेको छ । आज मात्रै देशभर २ सय २४ संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय १६ रहेको छ । कोरोनाबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । आज मात्रै एक सय ५९ जना डिस्चार्ज भई घर फर्किका छन् ।

काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाण्डौँ उपत्यकामा पनि ३८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

काठमाण्डौँ उपत्यकामा कुन कुन स्थानमा कोरोना संक्रमण फैलिएको छ सो कुरा पत्रकार तथा जनतालाई बताएको छैन । यसले पनि उपत्यकाबासी पछिल्लो समय देखिएको कोरोना संक्रमितको संख्याका कारण त्रसित छन । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार