जापान, साउन १३।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा नबिन निउरे अत्यधिक बहुमतका साथ निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्धन्धिलाई हराउदै २९५५ मत सहित जित हासिल गरेका हुन्।
उनि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पदमा रहि कार्यसम्पादन गर्दै आएका थिए। यसै गरि उपाध्यक्ष पदमा सचिन श्रेष्ठ, सुभास लामिछाने, देबराजउप्रेती, कृष्ण गैरे र सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा भने एलिजा केसी भण्डारी बिजयी भएकी छन् । त्यसैगरि नयाँ कार्यसमितिको महासचिव पदमा टिकाराम खरेल, सचिवहरुमा अर्जुन थापा, दिपेश खत्री र दिलिप कँडेल निर्वाचित भएका छन् । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध निर्वाचित भएकी थिइन ।
त्यसैगरि कोषाध्यक्ष पदमा दिपक सुनार, सहकोषाध्यक्षमा राम बहादुर थापा निर्वाचित भएका छन। महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी निर्विरोध निर्वाचित भएकी थिइन । यसैगरि महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध निर्विरोध निर्वाचित भएका छन् ।
यसका साथै नयाँ कार्यसमितिको सदस्य पदमा दिलिप शर्मा, ज्योति केसी, बिनयगुरुङ, रामु कँडेल, ध्रुब गौतम, नेत्र प्रसाद पाण्डे, कृष्ण प्रसाद कँडेल र दिनेश लोहनी निर्वाचित भएका छन् भने महिला सदस्यमा भने ललिता तामाङ्ग भारी मतान्तरले महिला सदस्यमा निर्वाचित भएकी छन । यस्तै गरी एनआरएनए जापानबाट आईसिसि सदस्यमा ६ जना सदस्यहरु पहिले नै निर्बिरोध निर्वाचित भईसकेका छन । निर्वाचित आईसिसि सदस्यहरुमा बाबुराम खरेल, बिजेश थकाली, बिकाश श्रेष्ठ, बिष्णु प्रसाद घिमिरे, छत्र प्रसाद दाहाल र राम थापा रहेका छन ।



सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।
एनआरएनए जापान नयाँ पदाधिकारी चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिगं तरिका सहित)



940 पटक हेरिएको 
















