जापानको फुकुओकाबाट एनआरएनए जापानको महिला सदस्यमा नानीमाया तामाङ्गको उम्मेद्धारी दर्ता, अत्यधिक मत दिई बिजयी बनाउन जापानबासी माझ अपिल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  831 पटक हेरिएको

फुकुओका जापान, साउन १२। 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यकाल २०२३(०२५ का केन्द्रीय महिला सदस्यमा जापानको फुकुओकाबाट नानी माया तामाङ (अस्मिता)ले उम्मेदारी दर्ता गराएका छन् । एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि केन्द्रीय महिला सदस्यमा नानी माया तामाङ (अस्मिता)ले उम्मेदवारी दर्ता गराएकी हुन।

एनआरएनए लगायतका बिभिन्न संघसंस्थामा प्रमुख जिम्मेवारीमा रहेर काम गरी सक्नु भएकी नानी माया तामाङ (अस्मिता) एक कुशल नेतृ समेत हुन । नेपालमा सक्रिय राजनितिमा रहि काम गरी सकेकी नानी माया तामाङ (अस्मिता) एक कुशल, बौद्धिक र सशक्त महिला समेत हुन । नेपालको सक्रिय राजनितिलाई थाति राख्दै बिगतका दिनदेखि जापानको फुकुओकालाई कर्मथलो बनाउदै आएकी नानी माया तामाङ (अस्मिता) फुकुओकामा रहेर फुकुओका नेपाल सोसाईटीको सदस्य, आदिबासी जनजाती महासंघ क्षेत्रिय कार्यसमिति क्युशुको महिला उपाध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरी सक्नु भएकी छन् ।

जापानको फुकुओकामा रहेका बिभिन्न संघसंस्थाको बिभिन्न कमिटिमा समेत सक्रिय रुपमा रहेर काम गरेकी नानी माया तामाङ (अस्मिता) बिगतका दिनदेखि एनआरएनए अभियानमा सक्रिय रहदै आएकी एक सशक्त महिला हुन । एनआरएनए अभियानलाई अझ सशक्त र जनमुखि बनाउन केन्द्रमा आएको बताईन । एनआरएनए अभियानमा लागिरहदा एनआरएनए जापान भित्र रहेका नितिगत त्र्टिलाई सच्याई संस्थालाई अझ मजबुद बनाउन पनि एनआरएनए अभियानको केन्द्रीय कार्यसमितिमा उम्मेद्धारी दिएको भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

नेपाल स्थित त्रिभुवन बिश्वबिद्यालयबाट स्नातकोत्तर गरेकी नानी माया तामाङ (अस्मिता) फुकुओकामा रहेका क्षेत्रिय कार्यसमिति नेपाल तामाङ समाजमा समेत सक्रिय रुपमा सहभागिता जनाउदै क्युशु क्षेत्रमा एकल जातीय पहिचानलाई समेत जापानबासी माझ प्रस्तुत गर्न सक्रिय रुपमा लागिपरेका छन । नानी माया तामाङ (अस्मिता)ले संस्थालाई शुद्धीकरण, महिला सक्रियता र एनआरएनए भित्र नितिगत त्रुटिलाई सच्याई संस्थालाई अझ मजबुद बनाउनको लागि काम गर्न र एनआरएनए जापानलाई एक नमुना संस्था बनाउने प्रतिबद्धता सहित आएकोले जापानबासी नेपालीलाई भोटको लागि अपिल समेत गरेकी छन् ।

एनआरएनए जापानको राष्ट्रीय महाधिवेशन २९ तारिख योकोहामा र निर्वाचन जुलाई ३० तारिख हुने कार्यतालिका रहेको छ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

एनआरएनए जापानको (२०२३–२५) नेतृत्वको लागि क्युशुबाट रामकृष्ण श्रेष्ठको उम्मेद्धारी घोषणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार