राजविराज, साउन १२।
सप्तरी जिल्ला अदालतका न्यायधीशमा कोरोना संक्रमण भएको छ । आज न्यायाधीश, नगर प्रहरी सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशको परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । अर्का एक जना नगर प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । यी दुई जना समुदायका व्यतिm बाहेक पाँच जना क्वारेन्टिनमा बसेका व्यतिmमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुमा तिरहुत गाउँपालिका– २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २८ वर्षका २ जना पुरुष रहेको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सप्तरीमा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।