लकडाउन खुलेसँगै उपत्यका भित्रिनेको संख्यामा बृद्धि, उपत्यकामा कोरोना त्रास बढेसँगै नाकामा नै कोरोना परिक्षण गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  498 पटक हेरिएको

काठमाडौं, साउन १० ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण फैलिएसँगै लगाएको लकडाउन १२० दिन पछि अन्त्य गरेसँगै काठमाण्डौँ उपत्यकामा जनमानसको चहलपहल बढेको छ । चहलपहल बढेसँगै उपत्यका बाहिरबाट उपत्यका भित्रिने मानिसको घनत्व बढेको र त्यसबाट उपत्यकामा कोरोना संक्रमण बढेको आकलन गर्दै सरकारले लकडाउन खुकुलो बनाएतापनि काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि उपत्यका भित्रिने नाकामै कोरोना परीक्षण गर्ने भएको छ ।

लकडाउन खुलेसँगै काठमाडौं भित्रिनेको संख्या बढेपछि कोरोनाको सम्भावित जोखिम रोक्न सीमा नाकामै परीक्षणको व्यवस्था गर्न लागिएको हो । उपत्यका छिर्ने मुख्य दुई नाका नागढुंगा र साँगा हुँदै भित्रिनेहरुको नाकामै कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै दुई नाकाबाट उपत्यका भित्रिने १० हजार जनाको कोरोना परीक्षण आइतबारबाटै शुरु गर्ने जानकारी दिए । घनावस्ती रहेको उपत्यकामा कोरोना संक्रमण फैलिए त्यसलाई नियन्त्रणमा लिन कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार