एनआरएनए मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध, उपाध्यक्ष र आइसीसी सदस्यमा पनि सहमतिको प्रयास जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  509 पटक हेरिएको


मलेसिया, साउन १० । 

गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाको २०२१ देखि २०२३ कार्यकालका लागी विनोद वहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध निर्बाचित भएको छ । यसैगरी बरिस्ठ उपाध्यक्षमा इन्द्र नारायण लिम्बु , महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्षमा कृष्ण नेपाल, सहकोषाध्यक्षमा बलध्वोज लिम्बु ,युवा संयोजकमा अरुण गिरि निर्विरोध निर्बाचित भएका छन । उनीहरु सवैजना सहमतीमै निर्विरोध भएको निर्वाचन कमिटीले जनाएका छन ।

यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा पनि निर्विरोध भएका छन । आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास भएपनि सहमति नभएको जनाएको छ । आईसिसि सदस्यमा रमेश प्रसाद तिवारी , शुभद्रा कुमारी लिम्बु ,टेक बहादुर टमटा ,लाल बहादुर आले, नेत्र बहादुर क्षेत्रि,बिरेन्द्र बहादुर नेगीले उम्मेदवारी दिएका छन जसमध्ये ५ जना मात्रै आइसिसि सदस्य बन्न मिल्नेछ । यसैगरि उपाध्यक्षमा हेमराज सापकोटा,राकेश प्रसाद महतो,दिलकुमार केरुङ र जयराम तिमल्सिनाको उम्मेदवारी परेको छ ।

सहमति नभएका पदमा भने निर्वाचनको माध्यमबाट टुग्याऊने जनाएको छ । सकभर सहमतिबाट नै नया कार्यसमिति चयन गर्ने प्रयास भईरहेको र यो पनि यहि जुलाई 30 मा हुने अधिबेसनले सहमतिमा टुङ्गिने एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताएका छन । सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि बिभिन्न चरणमा छलफल चलिरहेको र अधिबेसनका दिनसम्म सहमती हुने उम्मेदवारहरुले बताए । आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव नभई सधै सर्बसम्मतिमै नेतृत्व चयन हुने गरेको छ ।एनआरएन मलेसियाले निर्विरोध भएको पत्र केन्द्रमा पठाईसकेको बताएका छन । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासकै सवैभन्दा धेरै सदस्य हो ।

नबनिर्बाचित अध्यक्ष थापाको काधमा अव सवै एनआरएनहरुलाई मिलाएर लैजानु ,एनआरएनलाई मजदुर मुखि वनाउनु,नेपाली दुतावास संग समन्वय गर्दे नेपाली मजदुरका मुद्धालाई उठाउनुका साथै नेपालका लगानीको वातावरण मिलाउनु सम्मको चुनौतीहरु समेत थपिएको छ । अध्यक्षमा निर्बिरोध निर्बाचित भएपछी थापाले आफुले मलेसियाका सबै संघ सँस्थासँग सहकार्य गरेर अगाडी बढ़ने बताए । उनले नेपाली समाजका लागी आफ्नो कार्यकालमा केहि गरेर देखाउने बताए ।

निर्वाचन कमिटीद्वारा प्रकाशित अन्तिम नामावली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार