१३३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १८३७४ पुग्यो, आज १०७ जना स्वास्थ्य लाभ लिई डिस्चार्ज

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  464 पटक हेरिएको

काठमाडौँ, साउन ९ ।  

नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए । उनका अनुसार यो सँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ८३ रहेको छ । पछिल्लो चौबिस घण्टामा १०७ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

प्रवक्ता डा। गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । शुक्रबार पर्साकी ८५ वर्षीया महिलाको निधन भएको हो । मुटु सम्बन्धी रोग र निमोनिबाट समेत ग्रसित रहेकी उनको कोरोना संक्रमणका कारण शुक्रबार बिहान नारायणी अस्पतालमा निधन भएको प्रवक्ता डा। गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संत्रमणका कारण निधन हुनेको संख्या ४४ पुगेको उनले बताए । हालसम्म कोरोना संक्रमित भएकाहरुको संख्या १९ हजार ४ सय ४४ रहेको छ ।

नियमित पत्रकार सम्मेलन भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार