बोर्डर आउट पोष्ट सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या आरोपमा तीन जना पक्राउ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  779 पटक हेरिएको

साउन, लाहान ९ ।  

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरको छ । सिरहा नगरपालिका वडा नम्बर –३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव लाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।

एउटा बैबाहिक समारोहमा सामान्य विवाद भए पछि उनीहरुले लखेटी लखेटी नहरमा पुर्याएर उनीहरुले जवान यादवको हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार