वीरगञ्जमा एक कोरोना संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु, कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४३ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  545 पटक हेरिएको

वीरगञ्ज, साउन ८ ।

पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो । उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार