कैलालीमा क्वारेन्टिनबाट भागेका एक व्यक्ति मृत फेला, मृत्युको कारण बारे प्रहरी अनुसन्धान हुँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  515 पटक हेरिएको

कैलाली, साउन ४ ।  

कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृ’त फेला परेका छन् । उनि यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ । कोरोना संक्रमण कै कारण निधन भएको हो वा होईन भन्ने नखुलेकोले हाल अनुसन्धान भईरहेकोले केहि समयमा मृत्युको कारण थाहा हुने समेत जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार