आगोसँग खेल्नु राम्रो नहुने चेतावनी दिदै गोहीको आशु झारेर अब कसैले नपत्याउने ओलीलाई प्रचण्डको जबाफ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  226 पटक हेरिएको

काठमाण्डौँ, साउन ३ ।  

पुनस्र्थापित संसदलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना भएकोमा खुसी ब्यक्त गरेका छन । सम्बोधन कै क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । आज संसदमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई लक्षित गर्दै, अब गोहीको आँशु चुहाएर कसले पत्याउछ, भन्दै प्रश्न गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै एमालेलाई टाउको दुख्नु पर्ने कारण नरहेको स्पष्ट पारे ।

बारम्बर संसद बिघटन अस्ंबैधानिक भन्दै सचेत गराउदा समेत एकोहोरो संसद बिघटन गरेर जनताको सर्बोच्चतालाई निमुठ्ने काम गरेका ओलिले अब गोहीको आशु झार्नुको कुनै औचित्य नरहेको बताएका हुन । उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’

अदालतप्रति एमालेले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको अन्तिम व्याख्या गर्ने अदालत हो भन्नेमा सबैले भनेको स्मरण गरे । प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने । उनले आज केपी जीले रोष्ट्रममा उभिएर बोलेको सुन्ने मन थियो भन्दै आक्रोश पोखे । आफूहरुले निर्माण गरेको दुई तिहाईको सरकारले नै पटक पटक संसद विघटन गर्नु दुखःद भएको पनि प्रचण्डले बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको अभिव्यक्तिप्रति चित्त दुखाएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भनेको भन्दै उनले चित्त दुखाएका हुन् । उनले भने, ‘मलाई र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा हो ।’

‘तपाईं एमालेको तीनै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरुसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने तपाईंहरु नै होइन रु तपाईं पनि हुनुहुन्थ्यो नि एकचोटि युद्धमा । टाउको कुट्नेमा तपाईं हुनुहुन्नथ्यो र रु,’ ज्ञवालीले आफूलाई यसो भन्न बाध्य बनाएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार