टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिख पत्रकार सम्मेलन गरिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  394 पटक हेरिएको

जापान, साउन २ ।  

जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ ।

नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला(सांस्कृतिक आदन(प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र ३१ तारिक एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरि पार्कमा हुने तय भएको छ । फेस्टिवलका प्रचाररप्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार,अनौपचारिक रुपमा व्यापक प्रचार प्रसार भईरहेको फेस्टिवलको २२ तारिख पत्रकार सम्मेलन आयोजना गरि औपचारिकरुपमा जानकारी गराउन लागिएको हो ।

आयोजका अनुसार नेपाल फेस्टिवल २०२२ को तयारी अन्तिम चरणमा पुगिसकेको छ । जापानमा नेपालीहरुको गौरवकोरुपमा चिनिँदै आएको नेपाल फेस्टिवलको यो १२ औँ संस्करणको हालसम्मको तयारी,फेस्टिवलमा २ दिनसम्म प्रस्तुत हुने कार्यक्रमहरु, त्यहाँ रहने विभिन्न स्टलहरु, सुरक्षाका उपायहरु लगायतका विषयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराउन लागिएको हो ।

पत्रकार सम्मेलन आउँदो २२ तारिख शुक्रबार बेलुकी ७ः०० बजेबाट अनलाईन९भर्चुअल० माध्यमबाट आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा सहभागीताका लागि सम्पूर्ण संचारकर्मीहरुमा जुम आईडी प्रचाररप्रसार ग्रुप मार्फत उपलब्ध गराईने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार