जापान, साउन ३ ।
पछिल्ला दिनहरुमा जापानमा कोरोना संक्रमणको संख्यामा पुनः उल्लेख्य रुपमा बढ्न थालेको छ । २ साता अघि सम्म एक सयको संख्या भन्दा कममा झरेको संक्रमणले पुनः महामारीको रुप लिदै गएको हो । शुक्रवार जुलाई १७ तारिख जापानभर ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या बिहिबारको तुलनामा झिनो अंकले घटेको हो । बिहिबार जापानभर ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रवार टोकियोमा २९३ जना, साईतामा केनमा ५१ जना, खानागावा केनमा ४३ जना, चिबा केनमा २० जना, ओसाकामा ५३ जना, ह्योगो केनमा २५ जना, क्योउतोमा १२ जना, फुकुओकामा १९ जना, आईची केनमा १९ जना, होक्काईदोमा ३ जना, मियागी केनमा ३ जना, ईबाराकी केनमा ४ जना, तोचिगी केनमा ६ जना, गुन्मा केनमा २ जना, ईसिखावा केनमा १ जना, फुकुई केनमा १ जना, नागानो केनमा २ जना, गिफु केनमा ४ जना रहेका छन ।
यस्तै सिजुओका केनमा ३ जना, मिए केनमा १ जना, सिगा केनमा १ जना, नारा केनमा ५ जना, वाखायामा केनमा ३ जना, ओखायामा केनमा २ जना, हिरोसिमा केनमा ७ जना, यामागुची केनमा ३ जना, नागासाकी केनमा १ जना र एयरपोर्ट क्वारेन्टाईनमा ८ जना संक्रमित भटिएका हुन् । पुन: संक्रमणमा उल्लेख्य बृद्धि भएसँगै सर्बसाधारणलाई सतर्कता अपनाउन जापान सरकारले अनुरोध समेत गरेको छ ।