फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, खेल नोभेम्बर २१ बाट सुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1180 पटक हेरिएको

 

एजेन्सि, साऊन १ । 

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको ‘किकअफ टाइम’ पनि सार्वजनिक गरेको हो। समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुनेछ। दोस्रो खेल साँझ पौने सात बजे र तेस्रो खेल राती पौने ९ बजे हुनेछ। यस्तै अन्तिम खेल त्यहिँ दिनको मध्यरात पौने १ बजे हुनेछ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको प्लेअफ हुनेछ। तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ। यस्तै फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

यस्तै समूह चरणको अन्तिम खेलहरु पौने ९ बजे र मध्य रात पौने १ बजे हुनेछन्। नकआउट चरणका खेल पनि समूह चरणकै समयमा हुनेछन्। समूह चरणका खेल १२ दिनमा सकिनेछन्।

खेल तालिका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार