पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  741 पटक हेरिएको

काठमाडौं,असार २४ ।  

नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार