घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल सम्पन्न, उपाधि गलकोट समाज जापानले चुम्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  277 पटक हेरिएको

जापान, असार २३ । 

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधी गलकोट समाज जापानले चुमेको छ ।  जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो ।

जापानमा हुने खुला पुरुष भलिबल प्रतियोगिता मध्यमा अत्यन्त शान्त र विवादरहित ढंगले सम्पन्न भएको उक्त प्रतियोगितामा उपाधी जित्ने गलकोट समाज जापानले नगद ३ लाख १० हजार रनिङ ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थियो भने कड़ा चुनौती दिदै उपाधिका लागि भिडेको पर्वत समाजले २ लाख १० हजार ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाऊनु परेको थियो ।

१० टिमको सहभागिता रहेको सो प्रतियोगितामा फ़ाइनलमा जान कड़ा प्रतिस्पर्धा गरेका NYSC मोना जापान र गलकोट स्पोटर्स क्लबले नगद ५० हजार र प्रमाण पत्र हात पारी सान्त्वनामा मन बुझाऊनु परेको थियो ।  राम्रो र व्यवस्थित व्यवस्थापनका साथ सम्पन्न भएको सो प्रतियोगितामा विजयी र सहभागी टिमलाई बधाई र धन्यवाद व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि गलकोत समाज जापानका अध्यक्ष यम खत्रीले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेरपनि निरन्तरता दिन घुम्टे युवा परिवार जापानले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा जापान भर रहेका खेलप्रेमीहरूलाई समेट्ने गरि योजना बनाउन आवश्यक रहेको बताए  ।

साविकको मल्म गाविसलाई आफ़नो कार्य क्षेत्र बनाएर खेलकूदको माध्यमबाट युवाहरूको परिचालन गरि समाजको रूपान्तरण गर्ने मुख्य उद्देश्य सहित गठन गरिएको बागलुङ ज़िल्ला कै पुरानो संस्थालाई जापानमा पनि सोहि उद्देश्य परिपूर्ति गर्ने गरि शिक्षा स्वास्थ्य मानवीय सहयोग र भैपरि आउने अपथ्यारामा सारथि बन्नका लागि योजना बनाई सोहि योजना पुरा गर्न भलिबल प्रतियोगिता गरिएको क्लबका अध्यक्ष दिनेश थापाले बताए ।

संस्था स्थापनाकाल देखिका भलिबल खेलाडी कृष्ण थापालाई खेलकूदको क्षेत्रमा विशेष योगदान पुर्याए वापत दोसल्ला ओढ़ाएर सम्मान गर्दा भावुक मुद्रामा भने “ कठिन अवस्थामा संस्थाको स्थापनाकालदेखि जन्मभूमिमा रहदा गरेको योगदानलाई परदेशमा जापान शाखाले मूल्यांकन गरेकोमा खुशी लागेको छ र यस्ता कार्यले आउने पिंढीलाई पक्कैपनि हौंसला मिल्नेछ ।“

नया खेलाडीलाई ऊर्जा प्रदान गर्नको लागि प्रत्येक गेममा मेन वो द म्याच, खेल अवधि भर उत्कृष्टता प्रदर्शन गर्ने वेष्ट प्लेअर, वेष्ट सेटर वेष्ट बल्कर, वेष्ट डिफ़ेण्डर र वेष्ट सपाइकरलाई नगद सहित मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको क्लबका कोषाध्यक्ष बिष्णु थापाले बताए । यसरी पुरस्कार पाउनेहरूमा वेष्ट प्लेअर राजन मल्ल, वेष्ट सेटर उमेश लामिछाने, वेष्ट बल्कर निलम सिंह, वेष्ट डिफ़ेण्डर मनोज केसी र वेष्ट सपाइकर विकास केसी रहेका थिए ।

कार्यक्रम सफलताको शुभकामनासहित विभिन्न तहमा रहेर आर्थिक भौतिक सहयोग गर्ने सहयोग दातालाई आकर्षक सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रमको लागि मुख्य प्रायोजक र प्रथम र द्वितीय रनिङ कपको प्रायोजन गरेका संस्थाका उपाध्यक्ष समेत रहेका दुर्गा थापाले प्रवासमा रहेर आफंनै जन्मभूमिको संस्थामार्फत सहकार्य गर्न पाउदा आनन्दको अनुभूति रहेको बताए ।

जापानमा हुने गरेका भलिबल र अन्य प्रतियोगिताको तुलनामा घुम्टे युवा परिवार जापान शाखाले गरेको प्रतियोगिता व्यवस्थापन, समन्वय र खेलाडीलाई ऊर्जा भर्ने दृष्टिबाट हालसम्म कै उत्कृष्ट रहेको पश्चिमान्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्री गुरुङले बताए ।

“ सिक्नु र सिकाउनु ,कार्यक्रम कसरी गर्ने,अतिथि सत्कार कसरी गर्ने,खेलाडीको मर्यादा कसरी राख्ने,अफिसियल हरुलाई सम्मान कसरी गर्ने,दर्शक महानुभाबहरुको व्यवस्था कसरी मिलाउने,कार्यक्रम सके पछि सफल गराउन महत्वपूर्ण भूमिका निभाउने हरुको सम्मान कसरी गर्ने घुम्टे युवा परिवार जापान संग सिके हुन्छ, गुरुङको भनाइ छ ।

नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष रत्नसिंह बस्नेतले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन विकास र जापानमा रहेका खेलाडीलाई क्रियाशील बनाइ राख्न घुम्टे युवा परिवार जापानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

उत्कृष्ट खेल प्रदर्शन गर्ने १० जनालाई म्यान अफ द म्याच प्रदान गरिएका मध्यका गलकोट समाज जापानका टिम क्याप्टेन भविन भण्डारीले जापानमा हुने भलिबल प्रतियोगिताले आफ़नो खेल कौशललाई निखारता ल्याउन सहयोग पुर्याएको धारणा राखदै अन्य आयोजकले आयोजना गरेका प्रतियोगिताको तुलनामा यस संस्थाले आयोजना गरेको कार्यक्रम बढि व्यवस्थित र मर्यादित रहेको बताए ।
खेललाई मर्यादित विवाद रहित बनाउनका लागि व्यवस्थित टाईसिट तयार गरि जापानमा रहेका खेलाडीले बिश्वास र भरोसा गर्ने एम्पाएरको टिम तयार गरेकोले खेल संचालनमा सहजता भएको खेल संयोजक मनोज केसीले बताए ।

संस्थाको आफनै निर्धारित पोशाकमा सजिएका कार्यसमिति पदाधिकारी, सल्लाहकार, सदस्यसहित टिमको कार्य सम्पादनमा देखाएको एकरुपताको उपस्थित सबैले प्रशंसा गरेका थिए । जापानमा क्रियाशील अधिकांश संघ संस्था खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको उदघाटन सत्रको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष दिनेश थापा कार्यक्रमको संचालन खगराज गौतम स्वागत मन्तव्य बिना खड्का खत्रीले गरेकी थिइन भने कार्यसमितिमा रहेका महिलाद्वारा रचित स्वागत गीत द्वारा सबैलाई स्वागत गरिएको थियो । कार्यक्रममा रियान्सा खत्री बालिकाले नृत्य समेत प्रदर्शन गरेकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार