पार्टी अध्यक्ष र प्रधानमन्त्रिबाट नै राजिनामा मागेपछी भाबी रणनीतिबारे ओलीले थाले निकटसँग परामर्श

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  793 पटक हेरिएको

काठमाडौं असार १७।   

पार्टीभित्रैबाट पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग भए पछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी अघि बढ्ने भन्ने बिषयमा निकटका नेताहरुसगँ छलफल शुरु गरेका छन् ।
पहिलो चरणमा आज उनले निकटका स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

मंगलबारको स्थायी समिति बैठका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए । बैठकबाट निस्केपछि ओलीले मुख्यसचिवलाई राष्ट्रपति कार्यालय पठाएका थिए । त्यसपछि पनि उनले आफु निकटका व्यापारी व्यवसायीहरुसँग बेलुका छलफल गरेका थिए ।

यस छलफलमा पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । जस्ता विकल्पहरुका बारेमा पनि छलफल भएको स्रोतको दाबी छ । तर अवस्था के हुन्छ बैठक पछि मात्रै स्थिति निर्धारण हुने अपेक्षा नेताहरुले गरेका छन् ।

सम्भवतः आज ११ बजे पछि बस्ने बैठकमा केही स्थायी समिति सदस्यहरूले बैठकमा धारणा राखेपछि ति दुवै विषयमा निर्णय हुने नेताहरुको बुझाई छ । पार्टीभित्र स्पष्ट अल्पमतमा रहेका अध्यक्ष तथा प्रधानमन्त्रि के पि शर्मा ओलिलाई भारत र भारतको इशारामा पार्टी र सरकारबाट हटाउन लागेको भन्ने अभिब्यक्ति नै घातक बन्न पुगेको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता : बामदेब गौतम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार